क्रान्तिकारी माओवादीद्वारा श्रद्धाञ्जली सभा

0

 सुनवल – मोहन बैद्य किरण नेतृत्वको नेकपा ( क्रान्तिकारी माओवादी) सुनवल नगर समितिले जनयुद्धका शहिद हरिबहादुर थापा क्षेत्रीका नाति दिपेश थापा क्षेत्रीको स्मृतिमा श्रद्धाञ्जलीसभा गरेको छ । मंगलवार सुनवल– ७ अस्नैयामा कार्यक्रम गरी क्रान्तिकारी माओवादीले श्रद्धाञ्जली सभा गरेको हो । कार्यक्रममा सो पार्टीका लुम्बिनी प्रदेश सदस्य समरले माओवादी केन्द्रको एमालेमा पतन भएपछि क्रान्तिकारीहरु नयाँ भुमिकामा आउनुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले जनयुद्धका शहिदले देखाएको बाटोमा हिड्नुपर्ने जोड दिदै शहिद परिवार , घाइते योद्धाहरुलाई बीच बाटोमै धोका दिएर संसदवादमा भासिएका प्रचण्ड मण्डलीकै कारण कम्युनिष्ट आन्दोलन बदनाम भएको बताउनुभयो । कार्यक्रममा सो पार्टीका नगर सेक्रेटरी रवि पुन, नेवाः मुक्ति मोर्चाका जिल्ला संयोजक चन्द्रमान मानन्धर महिला नेतृ धनमाया सुनार नगर सदस्य बाबुराम विकलगायतको आतिथ्यता थियो । शहिदका नाति ७ बर्षीय दिपेशको ट्रयाक्टर दुर्घटनाका कारण निधन भएको हो ।

You might also like