सरकारले निर्धारण गरेकै उखुको मुल्य पाउनुपर्ने कृषकहको माग

0

अस्मिता भुसाल
नवलपरासी – उखु कृषक समिति (तदर्थ) पश्चिम नवलपरासीले नेपाल सरकारले उखु किसानलाई निर्धारण गरेको उखुको मुल्य भन्दा कम मुल्यमा उखु विक्री वितरण गर्ने कुनै सहमति तथा सम्झौता नभएको शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ ।

समितिले सदैव उखु किसानहरुको हकहितकै लागी लडिरहेको भएपनि समाजिक सञ्जालमा केही ब्यक्तिले उखु मिल सञ्चालकसंग कम मुल्यमा उखु विक्री वितरण गर्ने सम्झौता भएको कुरालाई खण्डन गर्दै समितिले कुनै पनि उखु मिल सञ्चालक संग केही सम्झौता नभएको विज्ञप्ति मार्फत प्रष्ट पारेको हो ।

बागमती खड्सारी चिनिमिल कुडिया नवलपरासीले ३ सय ७१ रुपैया प्रति क्विन्टल मुल्य निर्धारण गर्ने भनि समाजिक सञ्जालमा देख्दा आफुहरुलाई आश्चर्य लागेको बताउदै आफुहरुले यस किसिमको कुनै पनि निर्णय नगरेको र यस्तो कुराको पछि नलाग्न समितिका जिल्ला प्रवक्ता धिरज त्रिपाठीले विज्ञप्ति मार्फत उखु किसानहरुलाई आग्रह गर्नुभएको छ ।

नेपाल सरकारले निर्धारण गरेको मुल्य रु ४ सय ७१ रुपिया प्रति क्वीन्टल चिनी मिलले दिनु पर्ने र सरकारको तर्फबाट किसानलाई प्राप्त हुने ६५ रुपिया अनुदान गरि ५ सय ३६ रुपिया उखु किसानले पाउनुपर्ने हुदा यसमा कसैले पनि कुनै प्रकारको बदमासी गर्न नपाउने जिल्ला प्रवक्ता त्रिपाठीले बताउनुभएको छ ।

शुक्रबारै एक सुचना जारी गर्दै तदर्थ समितिका अध्यक्ष दुधनाथ गुप्ताले कोही पनि किसानहरु बाहियात कुरामा नलागी किसानद्धारा उत्पादित उखुले निर्धारित रकम पाउनुपर्ने र यसको लागी तदर्थ समिति पश्चिम नवलपरासीले सम्बन्धित सरोकारवाला सबैमा ध्यानाकर्षण समेत गराएको बताउनुभयो ।

You might also like