डाक्टरको हात, दुखीलाई साथ :डा.चौरसिया र सहाबुदिन सामाजिक कार्यमा जुट्दै

0

वीरगंज २० कातिक । वीरगंजमा अलपत्र रहेका एक महिलालाई उद्दार गरीएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगंजको सडक पेटीमा बेवारिसे अवस्थामा रहेकी करिब ५० वर्षकी महिलाको उद्धार गरी बुधवार नारायणी अस्पतालमा पु¥याएको थियो ।
प्रहरी टोलीले नारायणी अस्पतालमा पु¥याए पश्चात अस्पतालका ईमरजेन्सी वार्डका डा। महमद सहाबुदिन र डा। दिपक चौरसिया लगायतका स्वास्थ्यकर्मीहरुले उपचार सुरु गर्नु भएको छ ।

सो महिलाको नाम, ठेगाना हाल सम्म खुल्न नसकेको अस्पताल स्रोतले जनाएको छ । सो महिलाको नारायणी अस्पतालमा उपचारको लागि भर्ना गरिको छ । सडक पेटीमै बस्ने गरेकोले लामो समय देखि भोकै रहेको, जिउभरी खटिराहरु निस्केको र थप उपचारको क्रममा समस्याहरु पत्ता लगाई उपचार गर्ने डा. सहाबुदिनले बताए । डा. चौरसिया र सहाबुदिनले आफ्नो निजि खर्चबाट सो महिलाको बुधबार देखि नारायणी अस्पतालमै राखी उपचार गरिरहेको डा.चौरसियाले बताए ।

सो महिलाको बुधबार राती स्वास्थ्य अवस्था गम्भिर भए पनि बिहिवार बिहान देखि स्थास्थ्यमा सुधार आएको डा. चौरसिया र सहाबुदिनले बताउनु भयो ।
हाल वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत्त डाक्टरहरुले सामाजिक कार्यमा अग्रसर भएको देखिएको छ । बिगत केही हप्ता पहिले पनि एक अलपत्र अवस्थामा रहेका पुरुषको डा. चौरसियाकै पहलमा अस्पताल पु¥याई उपचार गरिएको थियो ।

No description available.

No description available.

No description available.

Mirmire online

 

 

यसमा तपाइको प्रतिक्रिया
You might also like