विप्लव नेकपाकी नेतृ बन्धु चन्द रिहा

0

बुटवल ।  नेकपाकी केन्द्रीय सदस्य बन्धु चन्द झण्डै १५ महिनापछि रिहा भएकी छन् । अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष अध्यक्ष समेत रहेकी चन्द मंगलबार कपिलवस्तुको तौलिहवाबाट रिहा भएकी हुन् ।
प्रतिबन्धित नेकपाकी केन्द्रिय सदस्य चन्दलाइ प्रतिबन्ध लगाउनु अघि २०७५ फागुन ११ गते उनलाई अछामबाट गिरफ्तार गरिएको थियो । अहिलेसम्म विभिन्न मुद्दा लगाउदै देशैभरीका आधा दर्जन भन्दा बढी जिल्लामा घुमाइएको थियो । अदालतले छाड्न आदेश दिए पनि प्रहरीले पटकपटक पक्राउ गरेर दुःख दिएको उनका छोरा प्रतिक चन्दले जानकारी दिए ।
अछामबाट बाँके, बर्दिया हुदै कैलाली बाट फेरी बर्दिया त्यसपछि बाँके अनि दाङको जेल तथा हिरासतमा दुःख दिइएको थियो । यहि बैशाख १४ गते दाङबाट प्रहरीले पक्राउ गरेर कपिलबस्तु लगिएको थियो । उनलाई यसरी पटकपटक गिरफ्तार गरि जेल हिरासत राखिरहने कुनैपनि प्रमाण नभेटिएको भन्दै पटकपटक जिल्ला प्रशासन कार्यालयहरुले छोड्ने आदेश दिइराखेको भएपनि माथिको आदेश भन्दै प्रहरीको टोलीले गिरफ्तार गरिरहेको थियो ।
यसपटक भने उनलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि कपिलवस्तुबाट रिहा गरिएको हो । जनयुद्ध शुरू हुनुभन्दा अघि पुर्व सभामुख ओनसरी घर्ती लगायत विभिन्न नेता कार्यकर्तालाइ अध्यापन गराएकि बन्धु जागिरी छाडेर जनयुद्धमा क्रियाशिल भएकी चन्द नेकपाकी प्रभावशाली महिला नेतृ हुन । उनी श्रीमान मोहलाल चन्दसंगै जनयुद्धमा भुमिगत भएकी हुन । उनिहरूका दुवैजनाले स्थायी जागिरी छाडेर जनयुद्धमा सामेल भएका थिए । onlinetahalka

You might also like