राहतका लागि मध्यबिन्दुमा सरोकारवाला बिच समिक्षा

0

नवलपुर २२ बैशाख :  पुर्वी  नवलपरासीको मध्यबिन्दु नगरपालीकामा पहिलो चरणको राहत बितरणमा छुटेका बिपन्न परिवारलाई राहत बितरण सम्बन्धमा आज पुन छलफल गरिएको छ । नगरभित्र चैत्र महिनामा नै बितरण सम्पन्न भइसकेको पहिलो चरणको राहत प्रकृयाको आज पुन सरोकारवाला बिच समिक्षा गरिएको हो । अझैपनि नगरभित्रका बिपन्न तथा असंगठीत मजदुरहरु छुट भएको गुनासो आए लगत्तै मध्यबिन्दु नगरपालीकाले चासो व्यक्त गरेको नगरप्रमुख चन्द्र बाहादुर रानाले बताउनुभयो । यो बिषम परिस्थीतिको समयमा संघ र प्रदेशको भन्दा घरआगनको सरकार ९स्थानिय सरकार० को आबश्यक्त नगरिकले महसुस गरेको कुरालाई ध्यानमा राख्दै नगरबाट हुने हरसम्भब कार्यहरु गर्नका लागि तत्पर रहेको नगरप्रमुख रानाको भनाई छ । नगरउपप्रमुख ओमकुमारी महत्तो , प्रमुख प्रशाशकीय अधिकृत चन्द्राकान्ता न्योपाने सहित नगरभित्रका १५ बटै वार्डका अध्यक्षहरुको उपस्थीतिमा समिक्षा गरिएको नगरप्रमुख रानाले जानकारी दिनुभयो ।

You might also like