नवलपुरमा थप १ जनामा संक्रमण पुष्टि

0

असार २२

नवलपुर । नवलपुरमा थप १ जनामा संक्रमण पुष्टि भएको छ । नवलपुरको बिनयी त्रिबेणी ७ का २४ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थय कार्यालय प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिए।


आज संक्रमण पुष्टि भएका ती युवक भारतको हैदरावादबाट आएका हुन् । उनी पालिकाको क्वारेन्टाईनमा बसेका थिए ।
गत असार १९ गते २४ स्वाव नमूना संकलन गरि परीक्षणका लागी हेटौडा पठाईएकोमा १ जनामा मात्र पोजेटिभ देखिएको हो । वाँकी २३ स्वाव भने नेगेटिभ आएको छ ।
योसँगै नवलपुरमा कोभिड १९ संक्रमितको संख्या २ सय ५८ पुगेको छ । तीमध्ये १ सय ६ जना डिस्चार्ज भएका छन् ।

Daunne news

You might also like