पश्चिम नवलपरासीमा लकडाउनका कारण ५० लाख बढीको केरा खेर गयो

0

उखु खेतीबाट समयमै रकम भुक्तान नपाएर आजित भएका पश्चिम नवलपरासीका किसानहरु केरा खेतीतर्फ आकर्षित भएको केरा उत्पादक किसानहरु अहिले लकडाउन कारण झन मारमा परेका छन् ।
गुठीप्रसौनीका किसान छविलाल प्रसाद हरिजनले लक डाउनका कारण केरा बारीमै पाकेर खेर जान थालेको बताए । उनले बजारको प्रबन्ध गर्न किसानसँग माग समेत गरे ।


उनका अनुसार पछिल्लो दुई बर्ष यता पश्चिम नवलपरासीमा केरा खेतीतर्फ किसानहरुको आकर्षण बढ्दो छ ।
अहिले कोरेना भाईरस अर्थात कोभिड – १९ को महामारीले गर्दा लक डाउनको समयमा यस क्षेत्रको स्थानीय किसान बद्रि यादवले आफूले लगाएको ३ विगाहा खेतमा तयार भएको केराले बजार पाउन नसकेको बताए । उनले केही दिन यस्तै रहे आफूले मात्र १५ लाख नोक्सान वेहोर्नु पर्ने अवस्था आउने बताए ।
उनले भने – उखु खेती गरियो, समयमै भुक्तानी र उचित मूल्य नहुँदा केरा खेतीतिर लागियो । यो बर्ष केराका कारण ठूलो नोक्सान हुने खतरा छ ।
पश्चिम नवलपरासीमा अहिले १७ सय विगाहामा केरा खेती हुने गरेको छ । लकडाउन लम्बिदै जाने र केराको बजार व्यवस्थापनमा सरकारले ध्यान नदिए ५० लाखदेखि १ करोड रुपैयाँसम्म नोक्सान हुने केरा केरा उत्पादन संघका जिल्ला अध्यक्ष लख्खु यादवले बताए ।
यस क्षेत्रमा उत्पादन भएको ६० प्रतिशत केरा प्रदेश नम्वर ४ को पोखरा बजारमा जाने गर्दछ । पोखराका फलफुल थोक व्यवसायीहरुबाट माग भए अनुसार यस क्षेत्रको वडाको सिफारिस लगायत आवश्यक कागजात सहित पठाएको केरा पोखरा नगर भित्र लैजान नगर प्रहरीले अहिले रोक लगाएकोले थप समस्या थपिएको अध्यक्ष यादवले बताए ।
अहिले लोजिनाई, नन्दन, रावेस्टा नाम भएका केरा करिव ४ सय विगाहामा तयारी अवस्थामा रहेको अध्यक्ष यादवले बताए ।
यहाँको केरा पोखरा, काठमाण्डौं, बुटवल, दाङ, नारायणघाट लगायतका क्षेत्रहरुमा विक्री हुने गर्दछ । एउटा प्रदेशको उत्पादन अर्को प्रदेशमा लैजान समस्या हुँदा अवस्था जटिल बनेको यादवले बताए । daunnenews

You might also like