भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, पछिल्लो २४ घण्टामा थपिए ४५ हजार ५९९

0

काठमाडौं, ०८ साउन ।

भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितकाे संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ । आजपनि भारतमा नयाँ कोरोना संक्रमितको संख्याले उच्च रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घण्टाभित्र ४५ हजार ५९९ जनामा नयाँ कोरोना संक्रमण भएको पाइएकाे छ । जुन २४ घण्टामा संक्रमित हालसम्मकै उच्च संख्या हो ।

यसअघि सम्म कुनैदिन यतिको संख्यामा संक्रमित फेला परेका थिएनन् । भारत विश्वका धेरै कोरोना संक्रमित मुलुकहरुको तेस्रो स्थानमा रहेको छ । पछिल्लो ५ दिनकाे तथ्याङ्कमै भारतमा झण्डै २ लाखको हारहरीमा संक्रमित थपिएका छन् ।

भारतमा १२ लाख ३९ हजार ६८४ जना संक्रमित फेला पर्दा एशियाकै धेरै संक्रमित मुलुक बनेको छ ।  कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २९ हजार ८९० पुगेको छ । त्यस्तै ७ लाख ८४ हजार २६६ जना निको भएर घर फर्किएका छन् ।

यसैबीच बिहीबार बिहानसम्म सबैभन्दा धेरै कोरोना संक्रमित मुलक अमेरिकामा ४१ लाख ८७५ जनामा कोरोना संक्रमण पाईएको छ । त्यस्तै ब्राजिलमा झण्डै २३ लाख संक्रमित फेला परेका छन् । अमेरिकामा १ लाख ४६ हजार १८३ ले कोरोनाको कारण ज्यान गुमाएका छन् । त्यस्तै १९ लाख ४२ हजार ६३७ जना निको भएर घर फर्किएका छन् । उता ब्राजिलमा पनि ८२ हजार ८९० को कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । १५ लाख ३२ हजार १३८ निको भएका छन् । ५ लाखभन्दा बढी संक्रमितको उपचार भइरहेको छ ।

News24nepal

 

You might also like