बर्दघाट नगरले ग¥यो प्रकोप ब्यवस्थापन कोषको आय ब्यय सार्वजनिक

प्रकोप ब्यवस्थापनका लागि ५० लाख रुपैया रकमान्तर

0

बर्दघाट १७ बैशाख : बर्दघाट नगरपालिकाले प्रकोप ब्यवस्थापनका लागि ५० लाख रुपैया रकमान्तर गरेको छ । नगर प्रमुख धीरज शर्मा बस्यालका अनुसार कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै कृषि सहकारी मार्फत बिउबिजन ब्यवस्थापन गर्न र कृषकलाई २५ प्रतिशत बिउबिजनमा अनुदान प्रबन्ध गर्न २० लाख रुपैया ब्यवस्थापन समेत गरिएको उहाँले बताउनुभयो । त्यस्तै बर्दघाट नगरपालिकाले लकडाउनको अवधिमा गरिएको खर्च विवरण सार्वजनिक गरेको छ । मगलवार भएको विपद ब्यवस्थापन समितिको बैठकमा आय तथा ब्यय सार्वजनिक गरिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले दिएको जानकारी अनुसार प्रकोय ब्यवस्थापन कोषमा रहेको १० लाख , बिभिन्न दाता ९कर्मचारी र जनप्रतिनिधि बाहेक ० का दाताहरुबाट प्राप्त २० लाख रुपैया र प्रदेश सरकारको १५ लाख गरी ४५ लाख रुपैया कोषमा रहेकोमा ३१ लाख ३६ हजार ४ सय ३० रुपैया खर्च भएको छ । उक्त रकम राहत सामाग्री खरिद ,पैदल यात्रु ब्यवस्थापन तथा स्वास्थ्य सामग्रीलगायतमा खर्च भएको उहाँले बताउनुभयो । त्यस्तै जनप्रतिनिधिले ५ लाख र कर्मचारीले गरी ८ लाख बढी रुपैया कोषमा दिने निर्णय भएको थियो ।

You might also like