चरित्रहत्या गर्ने नियतले पर्चा छर्नेलाई अनुसन्धानका लागि १० दिन म्याद थप

के भन्छ मुलुकी अपराध संहिता ?

0

 

नवलपरासी – बर्दघाट नगरपालिका क्षेत्रमा महिलाको चरित्र हत्या गर्नका लागि पर्चा वितरण गरेको अभियोगमा पक्राउ परेका स्थानीय पुरुषलाई अनुसन्धानका लागि १० दिन म्याद थप गरिएको छ ।
महिलाको चरित्र हत्या गर्नका लागि पर्चा वितरण गरेको अभियोगमा चैत्र ८ गते पक्राउ परेका अन्दाजी ६५ बर्षीय ती पुरुषलाई शुक्रवार नवलपरासी जिल्ला अदालतबाट १० दिन अनुसन्धानका लागि म्याद थप गरिएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

उनले पर्चा छर्ने क्रमको भिडियो सिसिटीभिमा देखिएपछि उक्त प्रमाणका आधारमा प्रयोग गरेको गाडी सहित प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको थियो ।
महिलाको चरित्र हत्या र गाली बेइज्जती हुने गरी बिभिन्न स्थानमा पर्चा छापेर वितरण गरेको अभियोग लागेका ब्यक्तिलाई मंगलवार ठाडो उजुरीका आधारमा पक्राउ गरिएको र बुधवार पीडित महिलाले किटानी जाहेरी दिएपछि अदालतबाट उनलाई तीन दिनको लागि म्याद थप गरी हिरासतमा राखिएको थियो ।
बर्दघाटमा यस्ता पर्चा काण्डहरु यसअघि पनि ब्यक्तिको चरित्रहत्या गर्ने नियतले दुई–दुई पटक फरक–फरक ब्यक्तिका पर्चा फाल्ने काम भएको स्थानीयले चर्चा गर्दै आएका छन् ।

के भन्छ मुलुकी अपराध संहिता ?
मुलुकी अपराध संहिताको २०७४ अनुसार यस्ता क्रियाकलापमा संलग्नलाई ‘अपराध ठहरेमा एकबर्ष कैद वा १० हजार रुपैया सम्म जरिवाना वा दुवै हुन सक्ने’ उल्लेख छ ।
मुलुकी अपराध संहिता–२०७४ को भाग २ को परिच्छेद दफा १२१ मा अश्लिल किताब पर्चा इत्यादी बनाउन वा विक्री गर्न नहुने- उल्लेख गरिएको छ ।
उक्त दफा १२१ दफाको उपदफा १ मा कसैले सार्वजनिक रुपमा अश्लिल किताब , पर्चा बनाउने लगायतका देहायको कुनै काम गर्न हुदैन । –भनिएको छ ।
सोहीको उपदफा १(क) मा ‘शारिरीक कामोतेजना बढाउने वा कामवासनामा आशक्त गराउने वा चरित्रहीन बनाउने कुनै अश्लिल किताब, पर्चा , रेखाचित्र, चलचित्र, तस्विर, रेकर्ड वा अरु कुनै बस्तु बनाउन , मुद्रण गर्न वा प्रकाशित गर्न वा बिद्युतीय संचारमाध्यमवाट प्रचार प्रसार गर्न नहुने’- ब्यवस्था गरिएको छ ।
दफा १२१ को उपदफा (२) १ मा यस्तो अपराध गरेमा एकबर्ष कैद वा १० हजार सम्म जरिवाना वा दुवै सजाय हुने जनाइएको छ ।

 

 

 

You might also like