ईन्द्रेणी सामाजिक विकास मञ्चद्धारा सातवटै स्थानीय तहका प्रकोप कोषमा सहयोग

0

नवलपरासी १६ बैशाख – ईन्द्रेणी सामाजिक विकास मञ्च बर्दघाट ९ पञ्चनगर पश्चिम नवलपारसीले आफ्नो समाजिक उत्तरदायित्व अन्तरगत जिल्लाका सात वटै पालिकाहरुले स्थापना गरेका प्रकोप ब्यवस्थापन कोषमा आर्थिक सहयोगगरेको जनाएको छ । मंगलबार मञ्चका अध्यक्ष बद्री प्रसाद सुवेदी नेतृत्वमा मञ्चका कार्य समिति पदाधिकारी सहितको टोलीले सात वटै स्थानिय तहमा पुगी पालिका प्रमुखहरुलाई सो सहयोग हस्तान्तरण गरेको थियो।

सहयोग अन्र्तगत पाल्हीनन्दन गाउपालिकामा ३० हजार, प्रतापपुर गाउपालिकामा ३० हजार, बर्दघाट नगरपालिकामा २० हजार ५ सय, सुनवल नगरपालिका, रामग्राम नगरपालिका, सरावल गाउपालिका र सुस्ता गाउपालिकाको विपत ब्यवस्थापन कोषमा १५ , १५ हजार गरि कुल १ लाख ४० हजार ५ सय सबै पालिकाहरुलाई चेक मार्फत हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष सुवेदीले जानकारी दिभयो ।

You might also like