निशुल्क स्वास्थ्य शिविर सम्पन्न

0

त्रिवेणी २३ माघ – शहिद स्मृति सामुदायिक अस्पताल बर्दघाट १२ र नवलपरासी केरा उत्पादन संघको संयुक्त आयोजनामा सुस्ता गाउपालिकाको नर्सहीमा निशुल्क स्वास्थ्य शिविर बुधवार सम्पन्न भएको छ । शिविर समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुस्ता गाउपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले स्वास्थ्यका हिसावले पिछडिएको क्षेत्रका जनताको सेवामा शिविर संचालन गरिएको भन्दै यस्ता क्रियाकलापलाई निरन्तरता दिन आयोजकलाई आग्रह गर्नुभयो । उहाँले सुस्तावासीको शिक्षा स्वास्थ्य प्रति आफु सधै सजग रहेको बताउनुभयो ।
त्यस्तै शिविरमा ३ सय ७५ जनाले स्वास्थ्य परिक्षण गराएको आयोजक संस्था शहिद स्मृति सामुदायिक अस्पतालका अध्यक्ष निमानन्द न्यौपानेले बताउनुभयो । शिविरमा जनरल फिजिसियन डा. रमेश यादव र डा. संजिव प्रसाईले स्वास्थ्य परिक्षण गर्नुभएको थियो । कार्यक्रम नवलपरासी केरा उत्पादन संघका अध्यक्ष लख्खु यादवको अध्यक्षतामा भएको थियो । कार्यक्रममा आयोजक संस्थाका पदाधिकारी तथा सदस्य एंवम् उपसमितिका बिभिन्न ब्यक्तित्वहरुको उपस्थिति रहेको जनाइएको छ । अस्पतालले निरन्तर रुपमा स्वास्थ्य शिविर गर्दै आएको छ ।

You might also like