चिसापानी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि नगरपालिकाद्धारा छुटटै खाना र बस्नको प्रबन्ध

स्वास्थ्यकर्मीहरुको सुरक्षा पहिलो प्राथमिकता : नगर प्रमुख बस्याल

0

बर्दघाट १४ बैशाख : बर्दघाट नगरपालिकाले चिसापानी अस्पतालमा रहेका सबै स्वास्थ्यकर्मीहरुका लागि छुट्टै सुरक्षित आवाससहितको बसाई ब्यवस्थापन गरेको छ ।
स्वास्थ्यकर्मीहरुको सुरक्षा पहिलो प्राथमिकता रहेकोले स्वास्थ्यकर्मीहरुलाई खाना तथा बस्नको छुट्टै प्रबन्ध गरिएको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्यकर्मीहरु अस्पतालबाट घर जादाँ घरपरिवारमा समेत स्वास्थ्य समस्या आउन सक्ने तर्फ सचेत भई नगरपालिकाले उक्त ब्यवस्थापन गरेको हो ।कोरोना सक्रमणबाट स्वास्थ्यकर्मीलाई बचाउन सके नगरवासीलाई उपचारमा सहज हुने भएकोले छुटटै बसाई ब्यवस्थापन गर्नुपरेको उहाँको भनाई छ ।
नगरले स्थानीय एक होटलमा अस्पतालमा कार्यरत करिब ४० जना स्वास्थ्यकर्मीको सुरक्षित आवास सहितको खाना खाजा ब्यवस्थापन शुरु गरेको हो ।यसबाट स्वास्थ्यकर्मीहरुका घरपरिवार समेत सुरक्षित हुने आशा ब्यक्त गरिएको छ । आइतवार सो बसाईमा करिब २२ जना स्वास्थ्यकर्मीहरु रहेको चिसापानी अस्पतालका मेडिकल सुपरिटेन्ड डा. बिजय खनालले जानकारी दिनुभयो । चिसापानी अस्पतालमा ६ जना  डाक्टरले सेवा प्रदान गर्दै आएका छन् ।

You might also like