नगरलाई मात्र स्मार्ट बनाएर हुदैन सोच र प्रविधि पनि स्मार्ट हुनुपर्छ – नगरप्रमुख थापा

देवकोटा माध्यामिक विद्यालयले अन्य विद्यालयहरुलाई चुनौती दिएको दावी

0

शान्ति तिवारी नवलपरासी – पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका नगर प्रमुख भिमबहादुर थापा भरतले देवकोटा माध्यामिक विद्यालयले यस क्षेत्रकै अन्य विद्यालयहरुलाई चुनौती दिएको दावी गर्नुभएको छ ।  उहाँले महाकवि देवकोटा मा.वि. सुनवलमा कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ का विद्यार्थीहरुलाई शुक्रवार गरेको स्वागत कार्यक्रममा बोल्दै – देवकोटा माविले सुनवलका मात्र होइन नवलपरासीका सम्पुर्ण विद्यालयहरुलाई देवकोटाले चुनौति दिएको छ – भन्नुभयो ।
उहाँले अरु बिद्यालयलाई स्वच्छ प्रतिस्पर्धामा आउनका लागि देवकाटाको चुनौतीलाई आत्मसाथ गर्न समेत आग्रह गर्दै शैक्षिक क्षेत्रमा समय अनुसारको प्रविधि र पठनपाठनलाई संगै लिएर अगाडि बढ्नु पर्ने बताउनु भयो । सुनवल नगरका अन्य विद्यालयहरु पनि अव नमुनामा जाने बताउदै उहाँले नमुना भित्रको पनि नमुना प्रस्तुत गर्नुपर्ने बताउनु भयो । नगरलाई मात्र स्मार्ट बनाएर नहुने भन्दै उहाँले नगरवासीले सोच र प्रविधिमा पनि स्मार्ट बनाउन जरुरी रहेको बताउनुभयो ।
प्रविधिलाई आत्मसाथ गर्दै नगरपालिकाले नगर भित्रका दश वटा सामुदायिक विद्यालयलाई नमूना विद्यालय बनाउन लागिपरेको उहाँले जानकारी दिनुभयो । थापाले गुणस्तरिय शिक्षाको लागि नगरपालिकाले कुनै कसर बाँकी नराखने जिकिर गर्नुभयो । नगरप्रमुख थापाले महाकवि देवकोटा मा.वि. यस क्षेत्रका कुनै निजी विद्यालय भन्दा कम नभएको पनि तर्क गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्याल, वडा न. १ का वडाध्यक्ष विर बहादुर थापा, प्रधानाध्यापक खेमलाल शर्मा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रधानाध्यापक शर्मा विद्यार्थीले अुनशासित भएर अगाडि बढे गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालय प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले विद्यालयले राम्रो शिक्षा प्रदान गरेको भन्दै विद्यालयमा बर्दघाट, महेशपुर, भुजहवा, प्रतापपुरसहित रुपन्देहीको खैरेनी, शितलनगर, छिपागढबाट समेत आउने गरेको जानकारी दिनुभयो । हाल विद्यालयमा २ हजार ६८ विद्यार्थी अध्ययनरत रहेको उहाँले बताउनुभयो ।
कक्षा १२ का विद्यार्थी कमल आचार्यको अध्यक्षमा भएको कार्यक्रममा वडा नं १० का अध्यक्ष शेषकान्त अधिकारी, विद्यालयका सहायक प्रधानाध्यापक रुक्मागत वस्याल, विद्यार्थीहरु प्रजिता कार्की, हरि न्यौपाने, दिपा मिश्र लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय सेवा देलका विद्यार्थीहरुले विशेष प्रस्तुती देखाएका थिए भने विभिन्न सांस्कृतीक प्रस्तुती पनि रहेको कार्यक्रम सञ्चालक संगम कोइरालाले जानकारी दिनुभयो ।

You might also like