पत्रकारलाई मास्क ,स्यानीटाइजर तथा प्रेस ज्याकेट

सुरक्षाकर्मी, एम्बलेन्स चालकका लागि मास्क, पन्जा र सेनेटाईजर प्रदान

0

परासी १४ बैशाख – नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश पाँचका अध्यक्ष गुणनिधी तिवारीले पश्चिम नवलपरासीका पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षाका सामाग्री तथा प्रेस ज्याकेट हस्तान्तरण गर्नुभएको छ । महासंघ प्रदेश पाँचको तर्फदेखि उहाँले कोरोना विरुद्धको लडाईमा अग्रस्थानमा पत्रकार सहित सुरक्षाकर्मी, एम्बलेन्स चालकका लागि मास्क, पन्जा र सेनेटाईजर प्रदान गर्नुभएको हो ।

आईतबार बिहान जिल्ला प्रशासन कार्यालय परिसरमा आयोजित एक कार्यक्रमका बिच महासंघका केन्द्रीय सदस्य समेत रहनुभएका तिवारीले महासंघको तर्फदेखि ९ हजार बढी मास्क, साढे ८ सय पिस पन्जा र ४० लिटर सेनेटाईजर प्रदान गर्नुभएको हो ।
त्यस्तै पत्रकार महासंघका लागि ७५ थान प्रेस ज्याकेट व्यक्तिगत रुपमा उपलब्ध गराउनुभएको थियो । जनपथ प्रहरीका लागी २ हजार थान मास्क, २ सय थान पन्जा र २० लिटर सेनटाईजर प्रहरी उपरिक्षक लालमणी आचार्यलाई हस्तान्तरण गरिएको छ भने शसस्त्र प्रहरीको लागि ३ हजार थान मास्क, २० लिटर सनेटाईजर र ३ सय थान मास्क शसस्त्र प्रहरी २६ नम्बर गणका प्रहरी उपरिक्षक भरत खनियाँलाई हस्तान्तरण गर्नुभएको हो ।

यस्तै नेपाली सेनाको परासी स्थीत बज्रदल गणका लागि महासंघको तर्फदेखि तिवारीले २ हजार थान मास्क २ सय थान पन्जा उपलब्ध गराईएको छ भने पत्रकार महासंघका लागी १ हजार थान मास्क, एक सय थान पन्जा र ७५ थान प्रेस ज्याकेट उपलब्ध गराउनुभएको हो । यस्तै एम्बुलेन्स चालकका लागि ३ सय थान मास्क र ५० थान पन्जा संयुक्त एम्बलेन्स चालक संघका अध्यक्ष कृष्ण सहानीलाई हस्तान्तरण गरिएको छ ।

संकटको समयमा फ्रन्टलाईनमा रहेर काम गर्ने सुरक्षाकर्मी, पत्रकार र एम्बुलेन्स चालक जोखिममा देखिएको र यो समयमा स्वास्थ्य सुरक्षाका सामाग्री सहजै उपलब्ध हुन नसकिरहेको सन्र्दभमा व्यवसायीले पनि सामाजिक उत्तरदायित्व पुरा गर्दै सहयोग गरेको अध्यक्ष तिवारीले बताउनुभयो ।

सुरक्षाका स्वासस्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले यो परिस्थितिमा सरकारले चाहेर पनि पर्याप्त सामाग्री उपलब्ध गराउन नसकिरहेको समयमा गरिएको सहयोग सराहनीय रहेको उल्लेख गर्नुभयो । पत्रकारहरुले पनि समाजमा चेतना फैलाउने खालका समाचारलाई प्राथमिकता दिएर कोरोना संक्रमण बचाउन जनचेतना बढाउने कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला स्तरीय कोरोना नियन्त्रण समन्वय समितिका संयोजक शिवशंखर रायले खुल्ला सिमा चुनौतिको रुपमा देखापरे पनि सिमामा हावाहुरी पानी नभनी दिनरात सुरक्षाकर्मी खटिएको उल्लेख गर्दै केही कतै बाट हुने एकाध आवातजवात पनि रोकिनुपर्नेमा जोड दिनुभयो ।

पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्माले पत्रकारले पनि यो संकटको समयमा चुनौती समाना गरेर रिपोर्टिङ्ग गरिरहेको दृष्टान्त प्रस्तुत गर्दै पत्रकारहरुलाई उपलब्ध गराईएको सहयोग प्रति आभार व्यक्त गर्नुभयो । उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले व्यवसायीले पनि सामाजिक उत्तरदायित्व बहन गर्दे संकटको यो समयमा गरेको सहयोग स्मरणीय रहेको उल्लेख गर्नुभयो ।

You might also like