अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड २०१९ बाट नवलपरासीका सष्टा सम्मानित

0

नवलपरासी – हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड २०७५ बाट पश्चिम नवलपरासीका ३ स्रष्टा लाई सम्मान गरिएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको भुताहा घर भई सांगतिक तथा गायन क्षेत्रमा क्रियाशिल भएका स्रष्टालाई फागुन पांच गते कतारको दोहामा अवार्ड दिइएको हो । प्रवासमा रही बिभिन्न बिद्यामा सक्रिय हुने सष्टालाई सम्मान गर्ने क्रममा कतारका लागि नेपाली राजदुत डा.रमेश प्रसाद कोइरालाले गायिक राधा तिवारीलाई सो अवार्ड प्रदान गर्नुभएको थियो । उहाँले सर्वाेकृष्ट लोक तथा दोहोरी गायिकको रुपमा राधा तिवारी लोक तथा आधुनिक भिडियो निर्देशन तर्फ राजेश तिमिल्सिना र नव गायक गोपाल प्रसाद तिवारीलाई सम्मान गर्नुभएको हो । माछी बस्ने पानीमा चरी गुडैमा बोलको एउटै गीतबाट बिधागत बिजेता भइ अवार्ड चुम्न सफल भएपछि तीनै जना स्रष्टाहरुको प्रशंसकहरुले बधाई तथा शुभकामना दिएका थिए । उक्त कार्यक्रममा प्रवासमा रहेर पनि नेपाली समाज बिकासको निम्ति विविध खाले योगदान पुर्याएको भन्दै करिब १ दर्जन गैर आवाशीय नेपालीलाई सम्मान गरिएको जनाइएको छ । मिडिया टप नेपाल प्रा. लि. सामाखुसी काठमाडौंको सहकार्यमा हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड २०१९ कार्यक्रम हिमालयन नेपाली इभेन्ट्स प्रा लि काठमाडौंले आयोजना गरेका थियो । सो कार्यक्रमका लागि कतारमा जनसवाल दैनिकले ब्यबस्थापन गरेको आयोजकले जनाएकोछ ।

You might also like