लागू औषध सहित एक जना पक्राउ

0

नवलपरासी २३ चैत्र – पश्चिम् नवलपरासीम लागू औषध सहित एक जना पक्राउ परेका छ्न। पक्राउ पर्नेमा सुस्ता गाउपालिका २ गुदरिया बस्ने ३७ बर्षिय रंगलाल गुप्ता रहेका छ्न। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार आज सुस्ता गाउपालिका ३ रेवारेता स्थित भित्री सडक खण्डमा प्रहरी चौकी कुडियाबाट खटिएको प्रहरी गस्ती टोलिले ए पि ५७ आर ८२७१ नम्बरको मोटरसाइकल लाई रोकि चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार गुप्ताको साथबाट स्पास्मो ५ सय ७६ क्याप्सुल , नाइट्रोभेट १ सय ४६ पिस, फेनरागन ९ एम्प्युल,आइ पि पि एल ९ एम्प्युल र ओनरेक्स १ सय एमएलको ८ सिसि लागू औषध फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका गुप्तालाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनु भएको छ ।

 

You might also like