प्रदेशसांसद विप्लव नेकपाको नियन्त्रणमा

0

फागुन २४ बझाङ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बझाङकी प्रदेश सभा सांसद देवकी मल्ललाई नियन्त्रणमा लिएका छन् । केही दिन अगाडी गिरफ्तार भएकी नेकपाकी केन्द्रिय सदस्य बन्धु चन्दलाई गिरफ्तार गराउने भुमिका खेलेको, निर्मला हत्याकाण्डमा अपराधीलाई जोगाउने भुमिका खेलेको लगायतका आरोपमा उनलाई नेकपाले कब्जामा लिएको बताईएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले सांसद मल्लको अपहरण भएको पुष्टि गर्नुभयो।
देवकी २०७४ कार्तिकमा भएको प्रदेश सभा निर्वाचनमा बझाङ ख बाट माओवादी उम्मेदवारको रुपमा विजयी हुनुभएको थियो । अनखबरबाट

You might also like