अपाङ्गता सम्बन्धि अभिमुखीकरण कार्यक्रम
नवलपरासी २७ असोज – पश्चिम नवलपरासकिो बर्दघाटमा स्वास्थ्य सेवा प्रदायकहरुका लागि अपांगता संबेदनशिलता सम्बन्धि अभिमुखीकरण मंगलवार सम्पन्न भएको छ । कार्यक्रममा बर्दघाट नगरभित्रका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बर्दघाट नगर उपप्रमुख मायादेवी पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल नेत्रहीन संघ लुम्बिनीका महासचिव मनोज पंगेनीले सहजीकरण गरेका थिए । कार्यक्रम जहदा हेल्थपोष्टका ईञ्चार्ज लिलाराम शर्माको अध्यक्षतामा भएको थियो ।