बर्दघाट –१४ मा आपूर्ति वितरण तथा ब्यवस्थापन समिति गठन

0

मुक्ती तिवारी

बर्दघाट – बर्दघाट नगरपालिकामा नगरभित्र रहेका अति बिपन्न र ज्यालामजदुरी गरि खानेहरुका लागि वडाकार्यालय मार्फत बिपन्नहरुको तथ्यांक संकलन गरि खाध सामाग्री बितरण गरिने तयारी गरिएको छ।

बर्दघाट नगरपालिका वडा नम्बर १४ ले पनि सोही अनुरुप वडा भित्र रहेका दैनिक ज्यालादारी गरि खाने अति बिपन्नहरुकालागि एकद्वार प्रणाली मार्फत खाधान्न राहत उपलब्ध गराउनका लागि मङ्गलबार सर्वपक्षीय बैठक बसि ूआपूर्ति बितरण तथा ब्यवस्थापन समिति गठन गरेको छ।

वडाध्यक्ष केशव बहादुर खत्रीको संयोजकत्वमा वडा नम्बर १४ का सबै टोलको प्रतिनिधित्व हुने गरि ११ सदस्यीय समिती गठन गरिएको छ।
उक्त समितिले आ आफ्ना टोलहरुमा रहेका अति बिपन्नहरुको तथ्यांक संकलन गर्नुका साथै स्वस्फूर्त रुपमा उपलब्ध हुने राहत सामाग्रीहरुलाई वडा सगको समन्वयमा बितरण गरिने छ।समितिले वडा भित्र वैदेशिक रोजगारीबाट आएकाहरुको तथ्यांक सङकलन तथा निगरानी,वडाबासीहरुको आपतकालीन स्वास्थ्य समस्याहरुमा वडा सग समन्वय लगायतका कार्यहरु गर्नेछ।वडाध्यक्ष खत्रीले पारदर्शी रुपले वास्तविक बिपन्नहरुले मात्रै राहत पाउन भन्ने अभिप्रायले एकद्वार प्रणाली मार्फत राहत उपलब्ध गराउने तयारी गरिएको बताउनु भयो।वडा भित्र रहेका सबै टोल बिकास समितिहरुलाइ सक्रिय बनाई नवगठित समिती मार्फत वडा सगको समन्वयमा आवशय्क तथ्यांक संकलन,शङकास्पद बिरामीको उपचारका लागि पहल लगायतका क्रियाकलाप हरु गरिने जानकारी दिनु भयो।

You might also like