बर्दघाटमा उपभोग्य वस्तु किनबेच गर्ने समय बिहान ९ देखि ४ बजे सम्म मात्र (हेर्नुस निर्णयहरु)

प्रकोप ब्यवस्थापन कोष

0

नवलपरासी १६ चैत्र – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विपन्न समुदायको जिवनयापनलाई लक्षित गरी प्रकोप ब्यवस्थापन कोषमा आर्थिक सहयोग गर्न सक्ने ब्यवस्था गरेको छ । आइतवार वडाध्यक्ष सहितको बैठकले कोषमा नगद तथा जिन्सी सहयोग गर्न सक्ने गरी कोषको ब्यवस्था गरेको हो । मनकारीहरुले सहयोग दिन सक्ने गरी प्रकोप ब्यवस्थापन कोषको ब्यवस्था गरेका छौ – विपद ब्यवस्थापन सम्बन्धि सरोकारवालाहरुको सर्बपक्षीय बैठकमा नगर प्रमुख धीरज शर्मा बस्यालले भन्नुभयो – सोही बमोजिम नगद तथा जिन्सी सहयोग गर्न सक्नुहुनेछ । उहाँले नगरले विपन्न समुदाय जिवनयापनलाई लक्षित गरी कोषको ब्यवस्था गरेकोले सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभयो । त्यस्तै नगरले एकद्धार प्रणालीबाट खर्च हुने गरी सो कोषको ब्यवस्था गरेको उहाँले बताउनुभयो । त्यस्तै प्रकोपकोषमा सहयोग गर्नेहरुका लागि एनआईसी एशिया बर्दघाट शाखाको खाता नम्बर ८३४१४९८४८२५२४००७ को ब्यवस्था गरिएको छ ।
त्यस्तै नगरले आईतवार नै विपन्न परिवारको लगत संकलन गर्न सब वडालाई आग्रह गर्ने निर्णय समेत गरेको नगर कार्यपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र बिक्रम हमालले जानकारी दिनुभयो ।
त्यस्तै बर्दघाट नगरपालिकाले दैनिक उपभोग्य वस्तुको बिक्री वितरणको लागि समय तोकेको छ । सरोकारवालाहरुसँगको बैठक पछि नगरपालिका भित्र रहेका दैनिक उपभोग्य वस्तु बिक्री गर्ने पसल , तरकारी पसल, दुध डेरी र फलफूल पसल दैनिक विहान ९ बजेदेखि अपरान्ह ४ बजे सम्म बिक्री बितरण गर्न सकिने प्रावधान गरेको हो ।
बिहान र सांझ पसलहरुमा लागेको भिड ब्यवस्थापन गर्न सो ब्यवस्था गरिएको नगर प्रमुख बस्यालले जानकारी दिनुभयो । उहाँले कम्तिमा १ मिटरको दुरीमा उपभोक्तालाई लाइन बसेर सामान लिन सकिने ब्यवस्था मिलाइएको बताउनुभयो । लकडाउनको समय थपिएकोले उपभोक्ताहरुलाई संक्रमण जोखिमबाट जोगाउँदै दैनिकी सहज गराउन समय सिमा तोकिएका बस्यालले बताउनु भयो ।
त्यस्तै औषधि पसलहरु बन्द गरेको गुनासो आएपछि बन्द नगर्न औषधि ब्यवसायीसंग आग्रह गरिएको नगरपालिकाले जनाएको छ ।

 

You might also like