विप्लवका जिल्ला सदस्य क्रान्तिकारी माओवादीमा प्रवेश

0

नवलपरासी । बर्दघाट नगरपालिका – ४ निवासी मेगराज पाण्डे (आकाश) नेत्र बिक्रमचन्द विप्लव नेतृत्वको नेकपा पार्टी परित्याग गरी नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन् । शनिबार विज्ञप्ति जारी गरी उनी नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेका हुन् । उनी नेकपाका जिल्ला सदस्य हुन् । उनले विप्लवबाट क्रान्ति सम्भव नभएकोले मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी पार्टीमा प्रवेश गरेको जनाएका हुन् । बिज्ञप्तिमा क्रािन्तकारी माओवादीबाट मात्र नेपालमा जनवदाी क्रान्ति हुने भन्दै अन्य पार्टीमा अल्झिएर नबस्न बामपन्थी तथा कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई आब्हान गरिएको छ ।

You might also like