सुर्तीजन्य पद्धार्थ सेवनका बिरुद्ध सचेतना प्रचारसामाग्री

0

बर्दघाट -५ फागुन – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकास्थित स्वास्थ्य शाखाले कार्यालय परिसरमा लाई सुर्तीजन्य पद्धार्थ सेवनका बिरुद्ध सचेतना फैलाउन प्रचारसामाग्री टांगेको छ । सार्वजनिक स्थलमा चुरोट बिडी खैनी सुर्ती गुटखा तमाखु कक्कड प्रयोग गरे कानुन बमोजिम दण्ड जरिवाना हुने भएकोले सचेतनाका लागि सो कार्य गरिएको स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवालीले बताउनुभयो ।
यस अभियानलाई अगाडि बढाउनका लागि सरोकारवालाहरु संग समन्वय तथा छलफल समेत गर्ने तयारी भइरहेको बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो । सुर्तीजन्य पद्धार्थ नियन्त्रण तथा नियम गर्नै ऐन सनयम तथा निर्देशिका २०६८ मा सार्वजनिक स्थलका सो पद्धार्थ सेवक गर्न नपाइने उल्लेख छ । सोही नियमानुसार सुर्तीजन्य पद्धार्थ प्रयोगका बिरुद्ध स्टिकर साइनेज पर्चा पम्पलेटिङ कार्य गरिएको ज्ञवालीले बताउनुभयो ।

You might also like