घोडाहा खोलाले तटबन्धन कटान गर्दा शिलाय टोल जोखिममा

0

लगातार आएको बर्षाकाकारण घोडाहा खोलाले तटबन्धन कटान गर्दा देवदह–६, शिवालयटोल जोखिममा परेको छ । शिवालय टोलको उत्तर, पुर्वमा रहेको घोडाहा खालाले तटबन्धनको लागि बाढिएको तारजाली बगाउदा शिलाय टोल जोखिममा परेको हो । शिवालय सामुदायिक वनको पहलमा विभिन्न संस्थाको सहयोगमा खोलामा लगाएको तटबन्धन लगातार आएको बर्षाका कारण घोडाहा खोलाले कटान गरेको स्थानीयवासीहरुको भनाई रहेको छ । शिवालय टोलको शिरानमा लगाएको तटबन्धन भत्काएर बाढी गाउमा पस्ने खतरा रहेको शिवालय सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष खेमनारायण अधिकारीले बताउनु भयो । घोडाहा खोला रोक्नको लागि सामुदायिक वनको पहलमा प्रत्येक बर्ष तटबन्धन गरेपनि लगातार आएको बर्षाका कारण तटबन्धन भत्काएको अध्यक्ष अधिकारीले बताउनु भयो ।

निरन्तर रुपमा यसैगरी बर्षा भएमा देवदहको शिवालय टोलमा बाढी पस्न सक्ने उहाले बताउनु भयो । यसैवीच घोडाहा खोलाले कटान गरेको क्षेत्रको देवदह नगरपालिकाका जनप्रनिनिधिहरुले अवलोकन गरेको छ । घोडाहा खोलाले कटान गरेको शिवालय टोलको शिरानमा जनप्रतिनिधिहरुले अवलोकन गरेको हो । सो अवसरमा बोल्दै देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले बर्षा रोकिए पछि तत्काल काम अगाडि बढाउने बताउनु भयो । स्थानीय श्रोत साधन प्रयोग गरेर प्राविधिकको सहयोगमा कटान रोक्न काम अगाडि बढाउने उहाले बताउनु भयो । घोडाहा खोलाका कारण देवदह–६, शिवालय टोल उच्च जोेखिममा रहेकोले बर्षा रोकिएपछि तत्काल काम गर्ने उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले बताउनु भयो । शिवालय टोलको शिरान हुदै कटान गर्दै आएमा देवदहका अधिकाश भाग जोखिममा पर्ने भएकोले बर्षा सकिए लगत्तै नगरपालिकाले तटबन्धनका कामहरु अगाडि बढाउने उहाले बताउनु भयो । यसैगरी नगरपालिकाका जनप्रतिनिधिले स्मृति सामुदायिक वन कार्यालयको पश्चिम तर्फ कटान गरेको क्षेत्रको समेत अवलोकन गरेको छ ।

स्मृति सामुदायिन वन क्षेत्रमा घोडाहा खोलाले कटान गरेको निरन्तर रुपमा कटान गर्दै गएमा देवदह क्रिकेट मैदानलाइ समेत क्षति पु¥याउने स्मृति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भरत गुरुङ्गले बताउनु भयो । त्यसैगरी देवदह–७, शितलनगरमा रहेको सोमवारे हाटबजार क्षेत्रमा घोडाहा खोलाले कटान गरेको छ । जनप्रनिनिधिहरुले सोमवारे हाटबजार कटानको समेत अवलोकन गरेको छ । देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीको नेतृत्वमा गएको टोलीमा नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत पिताम्वर पाण्डे, देवदह–६, का वडाअध्यक्ष दामोदर क्षेत्री, नगरपालिकाका ईन्जियिनर राजकुमार यादव, नेपाली काग्रेसका जिल्ला सदस्य वासुदेव रिमाल, देवदह प्रहरी चौकीका ईन्चाज प्रहरी निरिक्षक दिपक महत क्षेत्री, सामुदायिक वनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

You might also like