सैनामैनामा गठबन्धनको विजयी सुरुवात, वडा नं. १ मा माओवादी केन्द्रका भुवन क्षेत्रीको प्यानलनै विजयी 

0

 

रुपन्देहीको सैनामैना नगरपालिकामा संयुक्त गठबन्धनले विजयी सुरुवात गरेको छ । नगरको वडा नं. १ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका भुवनले क्षेत्रीले वडाध्यक्ष पदमा २३९१ मतसहित विजयी हुनुभएको हो । वडामा क्षेत्रीसहित उहाँको प्यानलनै विजयी भएको छ ।

क्षेत्री २२२ मतकोे मतान्तरले विजयी हुनुभएका हो  । उहाँले २३९१ मत ल्याएर विजयी हुनुभयो ।  उहाँका निकटम प्रतिद्दन्दी एमालेका केयर सिंहा गलामीले २१६९ मत ल्याउनुभएको हो ।  वडा नं. १ मा ५ हजार ८० मत खसेको थियो । ६९ मत बदर भएको छ ।

विजयी हुने महिला सदस्यमा धनमन्त्री थारु, दलित महिला सदस्यमा मञ्जु परियार ( छाँया ), खुल्ला सदस्यहरुमा नर बहादुर सुनार र रमाकान्त शर्मा काफ्ले रहनुभएको छ । घोषणा हुने भने बाँकी छ ।

त्यसैगरी वडा नं. १ को ५ हजार ८० मतगणना गर्दा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार फणिन्द्र प्रसाद शर्माले २२१६ मत ल्याई अग्रता कायमै गर्नुभएको छ । नेकपा एमालेका चित्र बहादुर कार्कीले १९४१ मत ल्याउनुभयो ।  प्रमुखमा २७५ मतले शर्मा अघि हुनुन्छ ।
त्यसैगरी उपप्रमुख पदमा पनि गठबन्धनले नै अग्रता लिएको छ ।

गठबन्धनबाट माओवादाी केन्द्रका उम्मेदवार मान बहादुर महतले २३०२ मत साथ अघि हुनुहुन्छ भने एमालेकी विना रानाले २२१० मत ल्याउनुभयो ।  malmalafm

You might also like