पंचनगर महिला कल्याणको साधारण सभा

0

भुताहा – पश्चिम नवलपरासीको भुताहामा रहेको पंचनगर महिला कल्याण कृषि सहकारी संस्थाको १३ औं साधारणसभा तथा ७ औं अधिबेशन बुधवार भएको छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका संचालक तथा नेफ्स्कुन महासचिव चन्द्र प्रसाद ढकालले सहकारीहरुले राष्ट्रिय आयमा गरेको योगदान महत्वपुर्ण रहेको बताउनुभयो । संस्थाकी अध्यक्ष दिलकुमारी कुवँरको अध्यक्षता ब्यवस्थापक शिला क्षेत्रीको संचालनमा भएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष बिष्णु प्रसाद पौडेल बर्दघाट नगरपालिका ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाई शम्भुलाल श्रेष्ठ लगायतले शुभकामना दिनुभयो । साधारण सभाले बिगतको समिक्षा संगै प्रस्तुत प्रतिबेदन पारित गरेको छ । यो समाचार तयार पार्दा सम्म नयाँ नेतृत्व भने चयन भएको थिएन ।

You might also like