१ सय ९२ वटा चोरीका मोटरसाइकल लिलाम बिक्री हुने

0
ईलाका प्रहरी कार्यालय बर्दघाटमा रहेका दुर्घटना र चोरीका मोटरसाइकल

नवलपरासी – जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले १ सय ९२ वटा चोरीका मोटरसाइकल लिलाम बिक्रीका लागि भन्सार पठाएको जनाएको छ । जिल्लामा रहेका प्रहरी ईकाईले बिभिन्न समयमा बरामद गरेका ती मोटरसाइकल जिल्ला प्रहरी कार्यालयमा केन्द्रीत गरी त्यसलाई भन्सार चलान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी एंव बिरेन्द्र थापाका अनुसार ती मोटरसाइकल लिलामका लागि कागजपत्र तयार गरी भन्सार पठाइएको छ । भन्सारले लिलाम बढाबढ पछि मोटरसाईकल बिक्री गरि राजस्वमा जम्मा हुने प्रावधान रहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै ईलाका प्रहरी कार्यालय बर्दघाटले ५७ थान चोरीका मोटरसाईकल जिल्ला पठाएको जनाएको छ । भारत संगको खुल्ला सिमानाका कारण मोटरसाइकल चोरीका घटना हुने गरेको छ । कारोवारीले नक्कली नम्बर प्लेट लगाएर चोरीका मोटरसाइकल बिक्री गर्ने गरेका छन् ।

You might also like