बर्दघाट नगरपालिकाद्वारा १ सय २५ जनाको स्वाव संकलन

0

नवलपरासी २० साउन – बर्दघाट नगरपालिकाको स्वास्थ्य शाखाले समुदायस्तरमा कोरोना फैलिएको÷ नफैलिएको यकिन गर्न १ सय २५ जनाको स्वाव परिक्षणका लागि पठाएको जनाएको छ । समुदायमा कोरोना भए÷ नभएको यकिन गर्नका लागि फ्रन्टलाइनमा कार्यरत बिभिन्न पेशा तथा समुदायका ब्यक्तिहरुको स्वाब संकलन गरी बुटवल पठाइएको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो । त्यस्तै स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीका अनुसार शाखाले स्थानीय ब्यवसायी, बैंकका कर्मचारी , नगर प्रहरी तथा कर्मचारी , बिद्युत प्राधिकरणका कर्मचारी गरी १ सय २५ जनाको स्वाब पठाएको बताउनुभयो ।

You might also like