बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम प्रतापपुर ३ सोमनीमा सम्पन्न,

0
३ कार्तिक ।
ईन्द्रेणी समाजिक विकास मञ्च पञ्चनगरद्धारा संचालित सुरक्षित आप्रवासन परियोजना (सामी हेल्भेटासको ) आयोजना र प्रतापपुर गाउपालिकाको सहयोगमा बेदेशिक रोजगारीका लागी संभावित कामदार र बैदेशिक रोजगार बाट फर्किएका कामदारहरुका लागी एक दिने गहन अभिमुखी करण कार्याक्रम सोमबार प्रतापपुर–३, सोमनीमा सम्पन्न भएको छ । प्रतापपुर वार्ड नं. ३ का वार्ड अध्यक्ष दिवाकर प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बेदेशिक रोजगारीमा जानु पुर्व गरिने तैयारी सिप तालिमको महत्व र सुचना को बारेमा सहभागीहरुलाई जानकारी गराईएको थियो । सो कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले गाउ घर बाट युवाहरु ल्ह लहैमा सुचना नलिई नबुझि बैदेशिक रोजगारमा जादा समस्यामा पर्ने गरेको हुदा र बैदेशिक रोजगारमा जादा सिप तालिम र सुचना लिएर गएमा राम्रो हुने बताउनु भयो । सो कार्यक्रममा बेदेशिक रोजगारीमा जान तयार भएका र बैदेशिक रोजगार बाट फर्केका कामदार वार्ड नंं ३ का वार्ड सदस्य भिम राशी चौधरी, रिटर्नि स्वयम सेवक राजकुमार शर्मा लगायतको सहभागिता रहेको कार्यक्रमको सहजिकरण सुचना केन्द्र परासीका परामर्शकर्ता मुन्ना हरिजन, परियोजनाका मनोपरामर्श कर्ता सुभान अलि पठान र सामी परियोजनाका रामु भुषालले गर्नु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन ईलाका प्रशासन कार्यलय सेमरी की परामर्स कर्ता एकता न्यौपाने ले गर्नु भएको थियो । सामी परियोजना द्धारा जिल्लाका स्थानिय तहको सहयोगमा बैदेशिक रोजगारलाई सुरक्षित, मर्यदित र उपलव्धी मुलक बनाउन बिभिन्न गतिबिधिहरु सञ्चालन गदै आएको छ ।
daunne news
You might also like