स्वस्थ्य र व्यवस्थित मासु सम्बन्धि अन्तरक्रृया सम्पन्न

0

सुनयना चौधरी
बर्दघाट :
बर्दघाट नगरपालीका पशु सेवा शाखा तथा उद्योग बाणिज्य संघ बर्दघाटको संयूक्त आयोजनामा नगर भित्र रहेका मासु व्यवसायि बिच स्वस्थ्य र व्यवस्थित मासु उत्पादन तथा विक्रि वितरण सम्बन्धि अन्तरक्रृया सम्पन्न भएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेको अध्यक्षतामा सुरु भएको कार्यक्रममा बर्दघाट नगरपालीकाका मेयर धिरज शर्मा बस्यालको प्रमुख अतिथ्यता रहेको थियो भने उप मेयर माया देवी पौडेलको विशिष्ठ आतिथ्यता , वडा नं ४ का अध्यक्ष तथा नगर प्रवक्ता रविन्द्र विक्रम हमाल तथा पशु सेवा शाखाका प्रमुख भरत लम्सालको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बस्यालले नगरपालीकाले मासु व्यवसायिका लागि निश्चीत मापदण्ड बनाएको र सो आधारमा नगर भित्र रहेका मासु व्यवसायिहरु दर्ता भएमा नगरपालीकाले दिने सेवा सुविधा उपलव्ध गराउने तथा व्यवसायिहरुको हक हितका लागि आफुले सक्दो सहयोग गर्ने बताउनु भएको थियो । नगरपालीका भित्र रहेका मासु व्यवसायिहरु दर्ता नभएमा नगरपालीकाले दिने तालिम ,विशेषज्ञ सेवा तथा विभिन्न खाले सेवा सुविधा नगरले उपलव्ध गराउन नसक्ने पनि बताउदै अनिवार्य रुपमा दर्ता हुन आवश्यक रहेको बताउनु भएको थियो ।


कार्यक्रममा उपस्थित मासु व्यवसायि तथा आयोजक विच नगरपालीकाले बनाएको मापदण्डको विषयमा पनि छलफल भएको पशु सेवा प्राविधिक राम प्रसाद पौडेलले बताउनु भएको छ । कार्यक्रममा स्वस्थ्य र व्यवस्थित मासु उत्पादन तथा विक्रि वितरण कसरी गर्ने भन्ने बारे बृहत रुपमा छलफल भएको आयोजकले जनाएको छ ।

You might also like