वृहत नगर सरसफाई कार्यक्रम

0

कावासोती ः नवलपुरको सदरमुकाम कावासोतीमा सोमवार वृहत नगर सरसफाई कार्यक्रम भएको छ । जिल्लाकै जेठो क्याम्पस कुमारवर्ती बहुमुखी क्याम्पसको मंगलवार परेको ३१ औ वार्षिक उत्सव तथा अभिभावक दिवसको पूर्व सन्ध्या र कावासोतीमा यहि माघ १७ गतेबाट हुन लागेको पाँचौ नवलपुर महोत्सवको अवसर पारेर सरसफाई गरिएको हो । पूर्व पश्चिम राजमार्गको अन्तरगत कावासोतीको फलफूलचोकबाट महोत्सव लाग्ने स्थान कावासोती तीन रामन्दिर खेल मैदानसम्म सरसफाई गरिएको हो । कार्यक्रममा नवलपुर उद्योग वाणिज्य संघका प्रतिनिधी , क्याम्पसका विद्यार्थी , शिक्षक, व्यवस्थापन समितिका सदस्यहरु र स्थानीय सामाजिक संघसंस्थाका गरि करीब दुई सय जनाको सहभागितामा सरसफाई गरिएको हो । क्याम्पसबाट सहभागि भएकाहरुले फलफूलचोकबाट सभापतीचोकसम्म पगेर क्यँम्पस परिषरसम्म सरसफाई गरेका थिए भने उद्योग वाणिज्य संघबाट सहभागि भएकाहरुले महोत्सव लाग्ने स्थानसम्म सरसफाई गरेका हुन । वार्षिक उत्सवको अवसरमा सामाजिक काम समेत गर्नुपर्छ भन्ने उदेश्य राखेर सरसफाई कार्यक्रम गरिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र पोख्रेलले बताउनुभयो । वार्षिक उत्सवको पूर्व सन्ध्यामा सरसफाई गर्दा वरपरको वातावरण समेत सफा सुग्गर देखिन आवश्यक रहेको र नगर सरसफाई गर्दा समाजमा राम्रो सन्देश जाने भएकाले कार्यक्रम गरिएको पोख्रेलले बताउनुभयो । यस्तै नवलपुर महोत्सवको समय नजिकै आएकाले क्याम्पससंग सहकार्य गरेर सरसफाई गर्दा नगर सरसफाई हुने र महोत्सवमा आउने पाहुनाहरुमा कावासोती नगरी सफा सुग्घर छ भन्ने सन्देश समेत दिने हुदा कार्यक्रम गरिएको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेलले बताउनुभयो ।

You might also like