बृहत तीज गित प्रतियोगिता एंव विविध सांस्कृतिक कार्यक्रमको तयारी पुरा

0

बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाटमा रहेको स्थानीय पत्र साप्ताहिक र श्रुति संगितालयको संयुक्त आयोजनमा बृहत तीज गित प्रतियोगिता एंव विविध सांस्कृतिक कार्यक्रम–२०७६ को तयारी पुरा भएको छ ।


यही भाद्र १३ गते शुक्रवार बर्दघाटस्थित पुरानो चौकी प्रांगणमा आयोजना हुने सो कार्यक्रमको प्रदेश सांसद दिपेन्द्र कुमार अधिकारीले उद्घाटन गर्नुहुने कार्यक्रम संयोजक एंव श्रुति संगीतालयका प्रबन्ध निर्देशक लोक मिजारले बताउनुभयो ।
राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने सो कार्यक्रमको बिशिष्ट अतिथि बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याल अतिथिहरु उपप्रमुख माया पौडेल लगायत बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि रहनु हुने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमको प्रमुख सर्पाेटर दिपा फर्निचर उद्योग मुख्य प्रायोजन सत्यवती ड्राईभिङ सेन्टर सह–प्रायोजन स्विच अन मल्टी ब्राण्ड शो रुम र प्रायोजनमा गणपति आयल स्टोर्स ,रोयल कटेज , शुभम हाम्रो ग्रिल तथा सटर उद्योग रहेको छ ।
त्यस्तै प्रथम द्धितीय तृतीय र सान्त्वना पुरस्कार क्रमश : गाउले सदन ,दाजुभाई स्टोर्स , पौडेल मिष्ठान्न , माता लक्ष्मी ज्वेलर्श र केबी अटो मोबाइल्सले गरेको बताइएको छ ।
कार्यक्रममा खानेपानी तथा सरसफाई, वन समुह लगायतका बिभिन्न संघसंस्थाले ब्यानर प्रायोजन समेत गरेका छन् ।
कार्यक्रमको मञ्च ब्यवस्थापन,स्वयमसेवक तयारी, प्रचार प्रसार, साउण्ड लगायतका काम समेत सकिएको मिजारको भनाई छ । सो कार्यक्रमको सहआयोजना सुगम संगितालय रहेको छ ।
टिम दर्ताको काम समेत अन्तिम चरणमा पुगेको र निर्णायक मण्डलको जिम्मेवारी समेत दिइएको बताइएको छ ।
प्रतियोगितामा प्रथम द्धितीय तृतीय र सान्त्वना हुनेलाई क्रमश ः १० हजार ७ हजार, ५ हजार र २ हजार नगद सहित प्रमाण दिइने आयोजकले बताएको छ ।
कार्यक्रमले महिला अधिकारका प्रबद्र्धनका साथै जनचेतनाको क्षेत्रमा समेत बिषय भुमिका खेल्ने आयोजकले विश्वासले लिएका छन् ।
कार्यक्रमबाट बिशेष गरी कला संस्कृति तथा चाडपर्वको जगेर्ना हुनुका साथै स्थानीय ब्यवसायको समेत प्रबद्र्धन हुने स्थानीय पत्र साप्ताहिकका प्रबन्ध निर्देशक रवि पाण्डेले बताउनुभयो ।
साथै स्थानीय कलाकारको प्रतिभा प्रस्फुटनका साथै राष्ट्रिय कलाकारको प्रस्तुतिले तीज बिशेष रुपमा रमाइलो हुने जनाइएको छ ।
कार्यक्रमको अफिशियल मिडिया दौतरी एफ एम र मिडिया पार्टनरमा त्रिवेणी टेलिभिजन र रेडियो दाउन्ने रहेका छन् ।

You might also like