रिर्टनी माइगे्रन्ट नेपाल नवलपरासीको भेलाले १५ सदस्यीय समिति सर्बसम्मत चयन

0

बनकट्टी – रिर्टनी माइगे्रन्ट नेपालको प्रथम नवलपरासी भेलाले १५ सदस्यीय नवलपरासी जिल्ला कार्यसमिति चयन गरेको छ । शहिद बिष्णु प्रसाद पाण्डे स्मृति प्रतिस्ठान सुनवल ५ बनकट्टिमा भएको नवलपरासी जिल्ला पहिलो भेलाले लेखनाथ न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

जसको उपाध्यक्षमा अनिल कुमार यादव, सचिवमा चण्डि प्रसाद ढकाल, सहसचिवमा चुरामणि पाठक (सबिन), कोषाध्यक्षमा दुर्गा प्रसाद भण्डारी चयन हुनभएको छ । यसैगरि सदस्यहरुमा चिन्ता बहादुर बिक, लक्ष्मण जंग हमाल, निर्दोष बस्याल, लक्ष्मी अर्याल,अशोक डाला मगर लगायत चयन हुनभएको छ । उद्घाटन र बन्द सत्र गरी दुई चरणमा भएको कार्यक्रममा बन्द सत्रको संचालन प्रदेश ५ अध्यक्ष कृष्ण भुसाल रहनुभएको थियो । प्रदेश ५ का सदस्य बर्दघाट ४ निवासी युवा समाजसेवी सुर्य प्रसाद पाण्डेयलाई निर्वाचन संयोजक बनाई समितिको निर्वाचन गरिएको थियो ।

संयोजक पाण्डेयको पहलमा सबै उम्मेदवारहरुको ब्यापक छलफलपछि सर्बसम्मत रुपमा समिति चयन भएको बताइएको छ । रिर्टनी माइगे्रन्ट नेपाल प्रदेश ५का सदस्य एवं नवलपरासी संयोजक बिश्व राज नेपालको अध्यक्षता रहेको कार्यक्रममा प्रदेश सभासद भगवती भण्डारी प्रमुख अतिथि रहनुभएको थियो । केन्द्रिय महासचिव लक्ष्मि प्रसाद आचार्यको बिशेष आतिथ्यता,केन्द्रिय सदस्य सिता बस्याल,प्रदेश नं ५ अध्यक्ष कृष्ण भुुषाल, ४ का अध्यक्ष नेत्र थनेत सुनवल नगरापलिका वडा ५ वडा अध्यक्ष थमन सिंह नेपाली,उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी , सहिद बिष्णु पाण्डे स्मृति प्रतीष्ठानका अध्यक्ष लोक बहादुर श्रेष्ठ लगायतको आतिथ्यता थियो । सो कार्यक्रमको संचालन भने चण्डि प्रसाद ढकालले गर्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथि एवं प्रदेश सभासद् भण्डारीले सरकारसंग अपेक्षा गरेका राम्रा कार्यहरुलाई सफल बनाउन आफुले प्रदेश सरकार समक्ष पेश गर्ने बताउनुभएको थियो । रिर्टनी माइगे्रन्ट नेपाल सस्था बिदेशबाट फर्किएका व्यक्तिहरुको एउटा संगठन रहेको छ ।

You might also like