एक घर एक पि.सि.आर.परिक्षणको ब्यवस्था मिलाउन नेका बर्दघाटको आग्रह ।

0

कृष्ण ढकाल, ,भदौ–९

बर्दघाट  : नेपाली कांग्रेस बर्दघाट नगर कार्यसमितिले एक घर एक पि.सि.आर.परिक्षणको ब्यवस्था मिलाउन बर्दघाट नगरप्रमुखसंग आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

कोभिड १९ को महामारी प्रकोप नगरमा फैएको हुन सक्ने संभावना रहेको भन्दै नगरवासीहरु त्रसित हुनलागेका कारण तत्काल एक घर एक पि.सि.आर.परिक्षणको ब्यवस्था मिलाउन मागगर्दै आज नगरप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको नेपाली कांग्रेस बर्दघाट नगर कार्यसमितिका सभापति शम्भुलाल श्रेष्ठले  जानकारी गराउनु भएको छ । उहांले कोभिड १९का कारण विपन्न,मजदुर तथा गरीव नगरवासीहरुको दुईछाक खानपाउने अवस्थाको सुनिश्चतता गर्न पनि माग गर्नु भएको छ ।

You might also like