शसस्त्र प्रहरी नवलपरासीको मिलेमतमा तस्करी

0

नवलपरासी / १९ फागुन

नवलपरासी को सिमावर्ती भुजहवा , महेशपुर , हरपुर , गेरमा नाका भएर व्यापक मात्रामा तस्करी भईरहेको छ। शसस्त्र प्रहरी भुजहवा , हरपुर , गेरमा का शसस्त्र प्रहरी को कार्यालय इन्चार्ज को मिलेमत मा तस्करी अबैध रुपमा भन्सार छली नेपालको भुजहवा , महेशपुर , हरपुर , गेरमा ले खुल्याम बिहान र रातीको समयमा तस्करी भईरहेको छ।

भुजहवा , महेशपुर , हरपुर,गेरमा बजार बाट भारत तर्फबाट चिनी, माछा , मारवल , हाडवेयर ,स्पेयर पार्टस्, कुखुराको चल्ला, कस्मेटिक, इलेक्ट्रोनिक सामग्रीहरु नेपाल तर्फ तस्करी मोटरसाईकल र साईकल र पैदल टाउकोमा लिएर नेपालमा भित्रयाएर चोरी–निकासी गराउँदै आएका छन् ।

भुजहवा, महेशपुर , हरपुर , गेरमा सो नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथ रहेपनि तस्करी नियन्त्रणमा आउन सकेको छैन । शसस्त्र प्रहरी भुजहवा , हरपुर , गेरमा का कार्यालय इन्चार्ज को नाजराना मा मिलेमत मा तस्करी भएको छ। रातीको समय मा ब्यपाक तस्करी शुचारु गराएका छ। उचअधिकारी हरु सो स्थानमा नजरपुगदैन भन्दै तस्कर हरुको लाईन खोलेको छ।

साथै, उक्त गणमा सरुवा भएर आएकाहरुलाई मन परेन भने तुरुन्तै अन्य ठाउँ वा काजमा पठाउने गरेका छन् । जनताको सुरक्षामा खट्ने शसस्त्र प्रहरी नै तस्करीहरुसँग सेटिङ गरेर ‘कमाउ धन्दा’मा लागेको देखेर स्थानीय वाक्क भएका छन् भने यसले सशस्त्र प्रहरीको प्रतिष्ठामा समेत कालो धब्बा लगाउने काम भएको छ ।

 

You might also like