त्रिविको बेथितिविरुद्ध अखिल (क्रान्तिकारी)

0

काठमाडौ – नेकपा ( क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले त्रिभूवन विश्वविद्यालयको बेथितिका विरुद्ध खबरदारी कार्यक्रम गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालय अगाडि भुइमै बसेर विद्यार्थी नेताहरुले खबरदारी गरे । क्रान्तिकारीले देशकै सबैभन्दा ठूलो विश्वविद्यालयमा हुने राजनीतिकरणको भण्डाफोर गर्नका लागि यो खबरदारी कार्यक्रमको आयोजना गरिएको विद्यार्थी नेताहरुले बताएका छन । देशको मुख्य शैक्षिक जनशक्ति उत्पादन गर्ने थलोमा भइरहेको भद्दा राजनीतिकरणका कारण त्रिवि बद्नाम भइरहेको भन्दै उनीहरुले यस्तो बेथितिलाई रोक्नका लागि सम्बन्धित निकायले तत्काल कडा कदम चाल्नुपर्ने बताएका छन् । आउँदो भदौ ५ गतेदेखि देशका सबै विश्वविद्यालयका उपकुलपतिहरुको कार्यकाल सकिदै छ ।
क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले अब विश्वविद्यालयमा यस्तै बेथिति हुँदै गए आफूहरुले कडा प्रतिरोध गर्ने बताउनुभयो । जुन पार्टी सरकारमा हुन्छ, तिनैका मान्छे भर्ती गर्ने थलोको रुपमा विश्वविद्यालयलाई प्रयोग गरिएकाले अब अखिल क्रान्तिकारीले त्यसका विरुद्ध सशक्त प्रतिरोध गर्ने चेतावानी दिनुभयो । त्रिवि सेवा आयोगको बेथितिलाई लिएर आफुहरुले शुरु गरेको २९ दिने रिले अनशनले चैतन्य शर्मा लगायतका ब्यक्तिहरुलाई अख्तियार दुरुपयोग अनुसन्धानको मुद्दाको दायरामा ल्याउन सफल भएकोले अझै सशक्त भएर लाग्ने गजुरेलले बताउनुभयो ।

You might also like