प्रदेश ५ को स्थायी राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा प्रदर्शन

0
आश्विन १८, २०७७/
बुटवल-प्रदेश ५ को स्थायी राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा रुपन्देहीमा बिहानै प्रदर्शन भएको छ। कांग्रेस रुपन्देहीले आह्वान गरेको बन्दसँगै बुटवलका संघसंस्थाहरुको आह्वानमा विरोध प्रदर्शन भएको हो।

बुटवल राजमार्ग चौराहाबाट शुरु भएको विरोध र्‍याली ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभामा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, नेपाल उद्योग परिसंघका एजाज आलम, रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष माधव पौडेल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसी, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी लगायतले बुटवल नै राजधानी उपयुक्त रहेको भन्दै सासंदहरुलाई प्रस्तावको विपक्षमा मतदान गर्न आग्रह गरेका थिए।

उनीहरुले प्रदेश सरकारले रुपन्देहीबासीको भावनामाथि खेलवाड गर्दै असहज परिस्थितिमा राजधानी सार्ने प्रस्ताव ल्याएर गलत गरेको बताए।

उनीहरुले दाङलाई राजधानी बनाउन त्यस क्षेत्रका नेताहरु खुलेर लाग्दा रुपन्देहीलाई राजधानी बनाउनका लागि यस क्षेत्रका सांसद खुल्न नसकेकोमा आपत्ति जनाएका थिए।

 

 

 

You might also like