भारतबाट आयात वस्तुले कृषि क्षेत्रमा असर – नगर प्रमुख थापा

0

भुमही – उद्योग बाणिज्य संघ नवलपरासीको आयोजनामा क्षेत्र नम्बर ३ र ४ का उद्योगी ब्यवसायी तथा करदाताहरुबीच एक दिवसिय गोष्ठी शनिबार सुनवल १२ भुमहीमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि सुनवल नगरपालिकाका नगर प्रमुख भिमबहादुर थापा क्षेत्रीले भारतीय सिमाका कारण कृषिक्षेत्रमा असर गरेको बताउदै भारतबाट आयात हुने वस्तुको ब्यवस्थापन गर्नुपर्ने बताउनुभयो । सोही अवसरमा विशिष्ट अतिथिको रुपमा बोल्दै उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारीले उद्योग बाणिज्य संघको पहलमा महेशपुर नाकालाई भंसार कार्यालय स्थापना भइसकेको हुदा यसलाई ब्यवस्थित बनाउन परासी, सुनवल र परासी दक्षिणको सडकखण्डलाई ब्यवस्थित बनाई अगाडी बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा अतिथिहरु सुनवल नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष यमलाल पाण्डे, सामुदायिक रेडियो दाउन्नेका अध्यक्ष नारायण पाण्डे, मोहन शर्मा, विभिन्न राजनीति दलका प्रतिनिधि, विभिन्न संघसंस्था प्रतिनिधि, उद्योगी व्यबसायी, विभिन्न करदाताहरु, स्थानिय समाजसेवी, बुद्धिजीवी,पत्रकार लगायतको उपस्थिति रहेको थियो । उद्योग बाणिज्य संघ नवलपरासी कार्य समिति सदस्य तथा क्षेत्र न ३, ४ क्षेत्रीय संयोजक भोला पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कार्यकारी सचिव राम शंकर कुर्मीले गर्नुभएको थियो भने कार्यक्रमको समापन संघका महासचिव गिरिराज पाण्डेले गर्नुभएको थियो ।

You might also like