पत्रकार भुसाललाई मातृ शोक

0

बर्दघाट : पत्रकार रामु भुसाललाई मातृशोक परेको छ । भुसालकी आमा ६६ बर्षीय हरिकला भुसालको शुक्रवार मृत्यु भएको हो । उहाँको शुक्रवार नै देवघाटमा अन्त्यष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

बि.स.२०१० साल माघ ५ गते जन्मिनुभएकी उहाँ बाथ रोगबाट ग्रसित हुनुहुन्थ्यो । उहाँको चार छोरा १ छोरी र ९ नाति नातिना छन् । बर्दघाट ४ बााडिपिडित निवासी भुसाल नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको साधारण सदस्य समेत हुनुहुन्छ ।

You might also like