दे.ज.मो नेपालको लमहीसभा सम्पन्न

0

दाङ- क्रान्तिकारी माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको मेची महाकाली अभियानकर्मीले दाङको लमहीमा कोणसभा सम्पन्न गरेका छन् । देजमोका सचिव परि थापा नेतृत्वमा पश्चिमबाट पूर्व लम्केको टोलीले लमहीसभा गरेको हो । उक्त कोणसभालाई देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नम्बर ५ का अध्यक्ष केबी गुरुङले सम्बोधन गर्नुभयो । टोलीमा प्रदेश नम्बर पाँचका मोर्चाका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

You might also like