क्रान्तिकारीद्धारा शुल्क बृद्धिको निर्णय नहटाए आन्दोलन गर्ने चेतावनी

0


तुलसी चौधरी नवलपरासी : नेकपा (क्रान्तिकारी माओवादी) निकटको अखिल क्रान्तिकारीले सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका आंगिक क्याम्पसहरुमा विभिन्न नाममा विद्यार्थिमाथि थुपारिएको चर्को शुल्क बृद्धि हटाउन दवावमूलक आन्दोलन गर्ने चेतावनी दिएको छ । कैलालीको अत्तरियामा पर्ने दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस लगायत सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका अन्य आंगिक क्याम्पसहरुमा गरिएको शुल्क बृद्धीको निर्ण तत्काल फिर्ता लिन भन्दै अखिल क्रान्तिकारीले चेतावनीूिर्ण विज्ञप्ति जारी गरेको हो । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला अध्यक्ष पुस्करराज जोशिले विज्ञप्ति मार्फत आफ्नो संगठनले निरन्तर रुपमा विद्यार्थि हक,हित र अधिकारको विषयमा क्याम्पस प्रशासनसँग छलफल गर्दै आएको भएपनि त्यसको ब्यवस्ता गरिएका कारण आफुहरु आन्दोलनमा उत्रिन बाध्य भएको बताउनुभएको छ । बिज्ञप्तिमा उहाँले आफ्नो संगठनले गर्ने आन्दोलन र त्यसबाट उत्पन्न समस्याको जिम्मेवार स्वयम् क्याम्पस प्रशासन हुनुपर्ने भन्दै बढाईएको शुल्क बृद्धि फिर्ता लिन चेतावनी दिनुभएको छ ।

You might also like