राजा माविको स्वर्ण महोत्सव आजदेखि

के के छन् कार्यक्रम ?

0

 

बर्दघाट – राजा महात्मा पुर्णभद्र माध्यामिक विद्यालय बर्दघाट –०९ पंचनगरले आज देखि स्वर्ण जयन्ती महोत्सव गर्दैछ ।
उद्घाटन सत्रमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन प्रमुख अतिथि हुनुहुन्छ ।
बिबिध कार्यक्रम सहित पौष १५ गते देखि २१ गते सम्म स्वर्ण जयन्ती मनाइने स्वर्ण जयन्तीको तयारी अन्तिम चरणमा बिहीबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराइएको थियो ।संविधान सभा सदस्य बिक्रम खनालको संयोजकत्वमा गठन भएको ६४ सदस्यीय मुल समारोह समिति र २६ वटा उप–समितिले भव्यताका साथ स्वर्ण जयन्ती मनाउने भन्दै तीब्र तयारी थियो ।

के के छन् कार्यक्रम ?

आज स्वर्ण जयन्तिको पहिलो दिन १५ गते प्रभातफेरी, समुद्घाटन, स्मारक लोकार्पण, पिटी, शुभकामना मन्तव्य, साँस्कृतिक कार्यक्रम, खाना महोत्सव, जलपान, दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।
दोस्रो दिन १६ गते जिल्ला स्तरीय वक्तृत्वकला, खेलकुद, पुर्व शिक्षक सम्मान तथा सुभकामना, साँस्कृतिक कार्यक्रम, पुरस्कार वितरण, खाना महोत्सव, जलपान, बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ ।
तेस्रो दिन १७ गते संस्थापक, पुर्व वि.व्य.स., पुर्व शि.अ.स, पुर्व विभिन्न उप–समिति सम्मान, नगरपालिका स्तरिय खुल्ला म्याराथुन प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, खाना महोत्सव, जलपान, बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ ।
चौथो दिन १८ गते साँस्कृतिक कार्यक्रम, चन्दादाता, दानदाता सम्मान तथा सुभकामना जलपान, खाना महोत्सव, रक्तदान कार्यक्रम र बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ ।
त्यस्तै पाचौँ दिन १९ गते पुर्व विद्यार्थी पुर्नमिलन, सम्मान तथा सुभकामना, साँस्कृतिक कार्यक्रम, खाना महोत्सव, जलपान, बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ ।
छैठौँ दिन २० गते जिल्ल स्तरिय भलिबल प्रतियोगिता फाइनल, साँस्कृतिक कार्यक्रम, खाना महोत्सव, जलपान, बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ ।
त्यस्तै कार्यक्रमको सातौँ दिन २१ गते दिप प्रज्वलन, स्मारिका विमोचन, साँस्कृतिक कार्यक्रम, सम्मान, पि.टी. खाना महोत्सव, जलपान तथा समापन र बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।

You might also like