मोहिनी हल सुबिधासम्पन्न रुपमा संचालनमा आउदैं

0

नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाटमा नयाँ ब्यवस्थापन सहित सुबिधासम्पन्न रुपमा मोहिनी चलचित्र मन्दिर संचालनमा आउने भएको छ । करिब ५० लाख रुपैयामा नयाँ ब्यवस्थापन सहितको उक्त सुबिधासम्पन्न फिल्म हल संचालन हुदैछ । रक्षाबन्धनको अवसरमा साउन ३० गतेदेखि शुरु हुने सो हलमा हजार जुनी सम्म नेपाली कथानक चलचित्र संचालन गर्ने योजना सहित कार्य अगाडि बढाइएको संचालक प्रेम अधिकारीले बताउनुभयो । उहाँका अनुसार आवश्यक तथा सुबिधासम्पन्न सिट, बाल्कोनीमा छुटटै खाजाघरको ब्यवस्थापन गरी अत्याधुनिक सुबिधा सहित हल संचालन गर्न अन्तिम तयारी भइरहेको छ । पश्चिम नवलपरासीमा एकमात्र एंव पहिलो पटक यस्तो सुबिधा सम्पन्न फिल्म हल संचालन हुने लागेको उहाँको दावी थियो । दर्शकहरुले सुबिधा पाउने छन – उहाँले भन्नुभयो – हामीले दर्शकको माया पाउनेमा ढुक्क छौ ।

You might also like