बंगलामुखी दुर्गा मन्दिर परिसरमा बृक्षारोपण

0

बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाट ४ स्थित दिब्यनगरमा रहेको वंगलामुखी दुर्गा मन्दिर ब्यवस्थापन समितिको आयोजनामा एकादशी बिशेष कार्यक्रम भएको छ । शुक्रवार आषाढ शुक्ल एकादशीको अवसरमा तुलसी र पिपलका बृक्षारोपण गरी मन्दिरले एकादशी बिशेष कार्यक्रम गरेको हो । कार्यक्रममा प्रमुख अतिथि बर्दघाट नगरपालिकाका उपप्रमुख मायादेवी पौडेलले धार्मिक एंव वातावरणीय दुवै हिसावले बृक्षारोपण कार्य उत्तम रहेको बताउनुभयो ।

कार्यक्रममा बर्दघाट नगर कार्यपालिकाका प्रबक्ता एंवम वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्रबिक्रम हमालले बृक्षारोपण गर्नु राम्रो काम भएपनि संरक्षण नगरे सम्म त्यसले सार्थकता नपाउने बताउनुभयो । कार्यक्रम समितिका अध्यक्ष कृष्णपाल भट्टराईको अध्यक्षतामा भएको सुर्य पाण्डेले जानकारी दिनुभयो । कार्यक्रममा बाल ब्यास पंडित नारायण न्यौपाने, रेडियो दाउन्नेका अध्यक्ष नारायण पाण्डे, पारिजात सामुदायिक वनका अध्यक्ष चुडामणी भण्डारी, समाजसेवी धर्मांगत बस्याल लगायतको उपस्थिति रहेको कार्यक्रममा बाल ब्यास पण्डित नारायण न्यौपानेले तुलसी रोपणको महत्व र यसबाट हुने फाइदा बारे बताउनुभएको थियो ।

कार्यक्रममा १ सय ८ पिपलका विरुवा र विभिन्न फलफुलका विरुवा गरि करीव २ सय ५० प्रजातीका विरुवा रोपण गरिएको थियो । वंगलामुखी दुर्गा मन्दिर समितीका सह सचिव सुर्य पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव श्रीधर भट्टराईले गर्नुभएको थियो ।

You might also like