बजार विस्तार तथा उद्यमी अन्तरक्रिया कार्यक्रम सम्पन्न

0

बर्दघाट – घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीको आयोजना बर्दघाट बजार विकास समितिको ब्यवस्थापनमा मंगलवार बजार विस्तार तथा उद्यमी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो अन्तरक्रियामा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौडेलले नवलपरासीमा उद्योगहरुको बर्तमान अवस्था दर्ता प्रक्रिया र समस्या बारे कार्यपत्र प्रस्तुत गर्दै सहजीकरण गर्नुभएको थियो । कार्यक्रम बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा नगर कार्यपालिकाका प्रक्वत्ता रविन्द्रबिक्रम हमालको प्रमुख आतिथ्यतामा भएको थियो । समितिका अध्यक्ष शोभाकान्त कोइरालाको अध्यक्षता सचिव बिष्णु पराजुलीको संचालन उपाध्यक्ष सुर्या हितांगको स्वागत रहेको कार्यक्रममा वडा नम्बर २ की वडाध्यक्ष दया दर्लामी ,बर्दघाट उद्योग बाणिज्य संघका उपाध्यक्ष धनञ्जय पौडेल समितिका पुर्व अध्यक्ष रुद्रप्रकाश उपाध्याय लगायतको आतिथ्यता रहेको थियो ।

You might also like