बाबुराम मुसाफिर सम्मानित

0

बुटवल – पश्चिम नवलपरासीको बर्दघाटका प्रगतिवादी साहित्यकार तथा अग्रज पत्रकार बावुराम गिरी सम्मानित हुनुभएको छ । यही जेठ १७ गते बुटवलमा आयोजित क्रान्तिकारी पत्रकार महासंघको दोस्रो राष्ट्रिय सम्मेलनमा उहाँलाई नेकपा (क्रान्तिकारी माओवादी ) का महासचिव मोहन बैद्य किरणले सम्मान गर्नुभएको हो । कार्यक्रममा उहाँ सहित बरिष्ठ पत्रकार हिरामणी दुखी र कुमार शाहलाई समेत सम्मान गरिएको थियो । बाम आन्दोलनमा अगुवा समेत रहनुभएका गिरीले बाबुराम मुसाफिरका नाममा साहित्य रचना समेत गर्दै आउनुभएको थियो । साहित्य रचना देखि पत्रकारिता सम्मको योगदानलाई कदर गर्दै उहाँलाई सम्मान गरिएको क्रान्तिकारी पत्रकार महासंघका महासचिव रामकुमार श्रेष्ठले बताउनुभयो । त्यस्तै क्रान्तिकारी पत्रकार महासंघले आफनो प्रदेश भेलाको अवसरमा नवलपरासी सुनवलका अग्रज पत्रकार प्रेमलाल रिमाललाई पनि सम्मान गरेको थियो ।

You might also like