सुनवल –१२ मा योजना अनुगमन

0

नवलपरासी १३ असार – सुनवल नगरपालिका वडा नं १२ निर्माण भएको नालाको अनुगमन गरिएको छ । नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीसहितको सरोकारवालाको टोलीले उक्त अनुगमन गरेको हो ।
अनुगमनको क्रममा उप प्रमुख श्री दधिराम अर्याल वडाध्यक्षहरु क्रमशः वडा नं १२ ,५ र २ का यमलाल पाण्डे , थमन सिंह नेपाली र राजेन्द्र यादवज्यु एबम् उधोग बाणिज्य संघ सुनवलका अध्यक्षज्यु श्री रमेश कर्माचार्य सहभागी रहनुभएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै शनिवार नै सुनवल नगरपालिका वडा नं ३,५,११,१२ र १३मा संचालित सामुदायिक क्वारेन्टिनहरुको अनुगमन तथा त्यहाँ रहेका भएका ब्यक्तिहरुको स्वास्थ्य अवस्था को बारेमा जानकारी नगर प्रमुख भिम बहादुर थापा क्षेत्रील सहितका टोलीले जानकारी समेत लिएको बताइएको छ ।

You might also like