शुभकामना आदान प्रदान

0

बर्दघाट – विर्घा समाज नवलपरासीको आयोजनामा नव बर्ष २०७६ सालको शुभकामना आदान प्रदान कार्यक्रम बर्दघाटमा भयो ।

कार्यक्रम विर्घा समाजका जिल्ला अध्यक्ष अध्यक्ष डिवि थापाको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा बुधबार सम्पन्न भएको थियो ।
कार्यक्रममा अतिथिहरु बर्दघाट शिवालय मन्दिरका अध्यक्ष एवं विर्घा समाजका जिल्ला सल्लाहकार डालाराज पाण्डे, सल्लाहकार शालिकराम पाण्डे, युवराज पाण्डे लागयतको उपस्थिति रहेको थियो । सो अवसरमा विर्घा समाज नवलपरासीले प्रमुख अतिथि तथा भर्खरै बसाई सरि आउनुभएका बर्दघाट नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद पाण्डेलाई सम्मान समेत गरेको थियो । विर्घा समाजका जिल्ला सदस्य नारायण पाण्डेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विर्घा समाजका जिल्ला सचिव सुर्य पाण्डेले गर्नुभएको थियो ।

You might also like