बजाजको एक्सचेञ्ज मेला र उल्टो अफर संगसंगै

0

बर्दघाट – १३ चैत्र – बस्याल अटो मोबाइल्स प्रालि बर्दघाट – ४ ले चैत्र २७ देखि २९ सम्म एक्सचेन्ज मेला संचालन गर्ने भएको छ । यसमा जुनु्सुकै कम्पनीका पुराना मोटरसाइकल ल्याएपनि एक्सचेञ्ज गरिने भएको हो । बर्दघाटका युवा ब्यवसायीहरु दिपक बस्याल र रुपक बस्यालद्धारा संचालित बस्याल अटो मोबाइल्सले नयाँबर्षको अवसरमा बजाज उल्टो अफर समेत लिएर बजारमा आएको छ ।

हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालि बजाजको अधिकृत बिक्रेता रहेको बस्याल अटो मोबाइल्सले किनेपछि जित्ने होइन जितेपछि किन्ने अफर लिएर आएको हो । बजाजका सम्पुर्ण मोटरसाइकलमा यो अफर लागु हुने बस्याल अटो मोबाइल्स प्रालिले जनाएको छ । यसैबीच अफरमा किन्नु भन्दा अगाडि १ लाख सम्म र किनेपछि एक लाख सम्म छुटको ब्यवस्था रहेको जनाइएको छ ।

ग्राहकलाई बिशेष सुबिधा प्रदान गर्नका लागि कम्पनीले ल्याएको अफरमा धेरै ग्राहकहरु लाभान्वित हुने बस्याल अटो मोबाइल्स प्रालि बर्दघाटले विश्वास लिएको संचालक दिपक बस्यालले बताउनुभयो । यो अफरका अनलाइनबाट मोटरसाइकल बुकिंग गर्न सकिने बताइएको छ । त्यस्तै बजाजको पल्सर डिस्कभर एभेन्जरका बिभिन्न मोडलहरुका उपलब्ध रहेको छ ।

You might also like