खोप बनाएका वैज्ञानिकलाई डब्ल्युएचओको बधाई, खोपले मात्रै महामारी अन्त्य नहुने

0

 ०६ साउन ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस बिरुद्धको खोप निर्माण गरिरहेका अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाई दिएको छ । स्वास्थ्य संगठनले कोरोनाविरुद्ध बनेको खोप परीक्षणको सकारात्मक परिणाम प्राप्त भइरहेकोप्रति खुशी व्यक्त गर्दै बधाइ दिएकाे हाे । यद्यपि उसले खोप निर्माणले मात्र कोरोना महामारीको अन्त्य नहुने आशाय व्यक्त गरेको छ ।

डब्ल्यूएचओका निर्देशक माइकल रायनले कोरोना बिरुद्ध लड्न अझै लामो संघर्ष गर्नुपर्ने र अझै धेरैबाटो हिड्न आवश्यक रहेको बताएका हुन् । उनले कोरोना बिरुद्धको खोप विश्वव्यापी उत्पादन भएमात्र यसको महामारी परास्त पार्न सकिने पनि बताए । उनले हालै जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भने – ‘यो खोपले काम गर्नु सकारात्मक परिणाम हो। तर अझै लामो बाटो पार गर्न बाँकी छ । वास्तविक विश्वमा ठूलो मात्रामा हुन आवश्यक छ ।’

उनले कोरोना महामारीको बेला २३ वटा खोप बनिरहेको बताउदै यसप्रति खुशी पनि व्यक्त गरेका छ । त्यस्तै संगठनका महानिर्देशक डाटेड्रोसल एडहानम गेब्रियससले खोप जो जस्ले बनाएपनि सफल भए संसार भरका प्रभवित सबैले पाउनुपर्ने धारणा राखेका छन् । उनले कतिपय मुलुक सार्वजनिक भन्दापनि आफ्नो स्वार्थका लागि दौडिएको भन्दै यसको अन्त्य हुनुपर्ने भनाइ राखे ।

उनले भने- ‘खोप निार्माण् एउटन वैश्विकै सार्वजनिक सेवा हो । तर कोही विपरीत दिशामा पनि देखिएका छन् ।’ यसलाई आम सहमति नबनाएसम्म बिकसित तथा अल्पबिकसित मुलुकककाबीच खाेपमा विभेद हुनसक्ने उहाँले बताउनुभयो । त्यसो नभए धनीको पहुँचमा खोप पुग्ने गरिबकोमा खोप नुपग्ने उनले बताए ।

सेमबार युनिभर्सिटी अफ अक्सफोर्डले विकास गरेको कोरानाविरुद्धको खोप परीक्षणको क्रममा प्रभावकारी भएको डब्ल्युएचओले स्वीकारेको थियो । एक हजार ७७ जनामा पहिलोपटक गरिएको परीक्षणमा खोपले मानिसको सरीरम कोरोनाविरुद्ध लड्ने एन्डीबडी र टी सेल पैदा गरेको बताइएको थियो । खोपको नतिजासकारात्मक भएपनि कोरोेनालाई पूर्ण रोकथाम गर्ने या नगर्ने भन्नेबारेमा टुंगोलाग्न आम परीक्षणलाई नै कुर्नुपर्ने हुन्छ ।

News24Nepal

You might also like